न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी ठगीको आरोप लगाएपछि न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन् ।
उपप्रधानमन्त्री लामिछानेमाथि महान्यायाधिवक्ताको कार्यालय दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा बच्न खोजेको आरोप लागिरहेका बेला उनले सो स्पष्टीकरण दिएका हुन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले पनि आफूलाई निर्दोष नै देखेर आफूमाथि सो सम्बन्धी कुनै मुद्दा, माफीमा नभएको जानकारी गराएको दाबी गरे । उनले आफूले बेलैमा संसदमा बोल्न पाएको भए यस सम्बन्धी विषय यति धेरै चर्केर जाने अवस्था नआउने दाबी समेत गरे ।
उपप्रधानमन्त्री लामिछानेले आफू संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा कहिल्यै पनि नरहेको जिकिर पनि गरे । उपप्रधानमन्त्री लामिछानेले आफूले सहकारी ठगी गरिएको भनी आएको समाचारमा कुनै सत्यता नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण