बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘पटक पटक कांग्रेसको जितका कारण दाङको विकास पछि पर्यो’ नेता शंकर पोख्रेल

शनिबार, २४ भदौ २०७४, १९ : ३७
शनिबार, २४ भदौ २०७४

तुलसीपुर – नेकपा एमालेका नेता शंकर पोख्रेलले नेपाली कांग्रेसले पटक पटक जितेका कारण पश्चिम दाङ विकासको दृष्टिकोणले पछि परेको बताएका छन् । 
नेकपा एमाले शान्तिनगर गाउँपालिकाले बाघमारेमा आयोजना गरेको पार्टी प्रवेश र्काक्रमलाई सम्बोधन गर्दै नेता पोख्रेलले विकास र समृद्धि गर्न चाहने पार्टी एमाले मात्रै भएको समेत दावी गरे ।


उनले आगामी संघ र प्रदेश निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । नेपाली कांग्रेसको यथास्थितीवादी सोचका कारण मूलुकपछि परेको बताउँदै पूर्वसूचना तथा सञ्चार मन्त्री समेत रहेका  पोख्रेलले परिवर्तनपछिको विकासको नेतृत्व अब एमालेले गर्ने दावी गरे । कांग्रेसको भरत परस्त नीतिका कारण मूलुक स्वाधिन हुन नसकेको उनले आरोप लगाए । 


‘केपि शर्मा वलीको राष्ट्रवादी अडानलाई खोक्रो भन्ने कांगेसका सभापति शेरबहादुर देउवा भारतमा गएर झुकेका छन् उनको यो कुन राष्ट्रवाद हो, यसले राष्ट्रलाई कम्जोर बनाउनछ कि बलियो ?’ पोख्रेलले प्रश्न गरे । 
स्थानीय तहको निर्वाचनमा अधिकांस स्थानमा जनताले एमालेलाई विजयी गराएर पठाएकाले अब मूलुकको सबैभन्दा ठूलो पार्टी एमाले बन्ने दाबी गरे । 


एमाले शानितनगर गाउँपालिका संयोजक शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अनारकली मिया, तुलसपुर उपमहानगर पालिका प्रमुख घनश्याम पाण्डे, नेकपा एमाले नेता शोभाराम बस्नेत, एमाले दाङ जिल्ला कमिटीका अध्यक्ष टिकाराम खड्का, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, एमाले जिल्ला सचिवालय सदस्य उत्तरकुमार वली, जिल्ला सदस्य चुर्णबहादुर वली, युवा नेता विष्णु केसी लगाएतले बोलेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता एमाले प्रबेश गरेको दावी गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप