बलात्कारीलाई साढे सात वर्ष कैद
बिहीबार, २९ साउन २०७७, २२ : २३
दमौली । जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले साढे सात वर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश वासुदेव पौडेलको आजको इजलासले घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो ।
साथै पीडित महिलालाई पीडकबाट रु ५० हजार क्षतिपूर्ति तिराउने फैसला भएको अदालतका निमित्त स्रेस्तेदार जीवन पौडेलले जानकारी दिए ।
घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए । निजविरुद्ध विसं २०७६ फागुन २ गते अदालतमा जबर्जस्ती करणी गरेको भनी मुद्दा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार