लोप भइसकेको पंक्षी डोडो
तपाईंले प्रसिद्ध अंग्रेजी चलचित्र ‘जुरासिक पार्क’ हेर्नुभएको छ ? उक्त चलचित्रमा तपाईं आजभन्दा करोडौं वर्षपहिले यस पृथ्वीमा विचरण गर्ने भयानक जीव डायनोसरको सजीव तस्वीर देख्न सक्नु हुन्छ । त्यस चलचित्र हेर्दा यस्तो लाग्छ– मानौं यस पृथ्वीमा अझै पनि डायनोसर जीवित नै पाइन्छ ।
उक्त जीवको अस्तित्व चलचित्रमा डायनोसरलाई सजीव देख्न पाइए पनि उक्त जीव यस पृथ्वीबाट करोडौं वर्ष पहिले लोप भइसकेको छ । लोप भइसकेको यो जीवलाई कल्पना र साइन्स फिक्सनहरुमा बाहेक अन्य अवस्थामा जीवित देख्न अब असम्भव भइसकेको छ ।
कुनै बेला यस धरतीमा विचरण गर्ने तर अहिले लोप भइसकेका जीवहरुमध्ये एउटा जीव हो डोडो ।
आउनुहोस्, डोडो चराबारे छोटो जानकारी लिऔं ।
पन्धौं शताब्दीतिर हिन्द महासागरस्थित टापु देश मरिससमा मान्छेको आवादी थिएन । त्यतिखेर त्यहाँको जंगलमा एउटा विशाल पंक्षी पाइन्थ्यो । उक्त पंक्षीको चुच्चो अंकुशे आकारको थियो । त्यसको ठूलो जीउ, खुट्टा छोटो तर बलियो र पहेलो रंगको हुन्थ्यो । पंक्षी भए पनि त्यसको पखेटा र पुच्छर पूर्ण विकसित भइसकेको थिएन । त्यसैले उक्त चरा उड्न भने सक्दैनथ्यो ।
यो चराले एक पटकमा एउटा मात्र अण्डा पाथ्र्यो । उड्न नसक्ने चरा भएकोले यसको गुँड पनि जमीनमा नै घाँसहरुले बनाइएको हुन्थ्यो ।
सबैभन्दा पहिले मरिससमा डच नाविकहरु पुगेका थिए । त्यहाँ उनीहरुले यस विचित्रको चरा देखे । यो चरा अत्यन्तै लाटो र सोझो स्वभावको थियो । यही स्वभावको कारण यो चरा अन्जान जीव मान्छे आफूछेउ आइपुग्दा पनि भाग्दैनथ्यो । त्यसैले उनीहरुले यो चरालाई सजिलै शिकार गर्न सक्थे । यसरी शत्रु आफूछेउ आइपुग्दा पनि नभाग्ने जीव भएकै कारणले डच नाविकहरुले यस चराको नाम डोडो (Dodo) राखिदिए । पोर्तुगलको भाषामा डोडोको अर्थ हुन्थ्यो– सिल्ली अथवा मूर्ख । आजभोलि चाहिँ डोडो शब्द नयाँ वातावरण र परिवेशमा आफूलाई समाहित गर्न नसक्ने व्यक्तिलाई जनाउने अर्थमा प्रयोग हुन्छ ।
मरिससमा डच नाविकहरुले पहिलो पटक पाइला टेकेपछि त्यहाँ मान्छेहरु आउने क्रम बढ्न थाल्यो । त्यहाँ स्थायी रुपमा नै मान्छेहरुले बसोबास गर्न थाले । फलतः त्यहाँका रुख जंगलहरु मासिन थाले । यस क्रममा डोडोको अण्डा पनि व्यापक रुपमा नष्ट हुन थाल्यो । त्यहाँ मान्छेको बसोबास हुन थालेपछि घरपालुवा जनावरहरुले पनि डोडोको अण्डा खाइदिए वा नष्ट पारिदिए ।
एकातिर डोडोका अण्डाहरु भकाभक नष्ट भए भने अर्कोतिर उड्न नसक्ने र शत्रुबाट नभाग्ने स्वभावको भएको कारण मान्छेहरुले मासुको लागि यसको व्यापक मात्रामा शिकार गर्न थाले । अन्ततः यो जीवको अस्तित्व नै मासिएर गयो । पछिल्लो पटक यो जीव सन् १६८१ मा देखिएको थियो । त्यसपछि त यसको नामोनिशान नै मेटिएर गयो । आजभोलि यो जीव चित्रहरुमा मात्र देख्न पाइन्छ भने मरिससले चाहिँ यो जीवलाई आफ्नो राष्ट्रिय झण्डामा नै राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन