आईपीएल : मुम्बईमाथि चेन्नाई भारी
इन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।
अबुधाबीमा खेलिएको खेलमा टस हारेर मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनायो जवाफमा सीएसकेले १९.२ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो । ओपनिङ खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई सीएसकेले हराएको यो दोस्रो अवसर हो ।
मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ तथा क्विन्टन डिककले ३३ रन बनाए । सीएसकेका लागि लुंगी एनगिडीले ३ विकेट लिए ।
१ सय ६३ रन लक्ष्य पछ्याउने क्रममा सीएसकेको शुरुवात भने सुखद रहेन । शुरुवाती दुई ओभरमा नै टोलीले दुई विकेट गुमायो । त्यसपछि ७१ रन बनाएका अम्बाती रायडू र ५८ रन बनाएका फाफ डु प्लेसिसले खेल सम्हाले । दुई जनाले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गर्दै जीतको आधार तय गरे ।
योसँग महेन्द्रसिंह धोनीले कप्तानका रुपमा चेन्नाईलाई १ सयौँ खेल जिताउन सफल भएका छन् । कप्तानका रुपमा उनले सर्वाधिक १०५ खेल खेल जितेका छन् । ५ खेल उनले राइजिङ पुणे सुपरजायन्टसका लागि जितेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु