बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दीपकको ‘कृष्ण लीला’मा दीपिका

बुधबार, ०७ असोज २०७७, १२ : ३६
बुधबार, ०७ असोज २०७७

काठमाडौं । फिल्म ‘कृष्ण लीला’ निर्माण हुने भएको छ । दीपक ओलीको निर्देशनमा फिल्म बन्न लागेको छ ।
कमेडी विषवस्तुमा निर्माण हुन लागेको फिल्ममा पुष्प खड्का, दीपिका प्रसाई, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद फिल्म रहनेछ ।
रोकिएको फिल्म क्षेत्रलाई अव चलायामान बनाउनु पर्छ भनेर फिल्म निर्माणमा आफु जुटेको निर्देशक ओलीले बताए । सरकारले अनुमति दिए असोज १५ गतेबाट फिल्मको छायांकन सुरु गर्ने योजना आफ्नो रहेको ओलीले सुनाए ।
अर्जुन पोखरेलको संगीत रहने फिल्मको प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले खिच्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप