धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट
धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् ।
सबैला नगरपालिका वडा नम्बर १ स्थित मुसहरी टोल की २५ वर्षीया विमलादेवी साह र औरही गाउँपालिका वडा नम्बर १ झिटकहियाकी ३५ वर्षीया जिवछीदेवी यादवलाई बोक्सीको आरोप लगाउँदै छिमेकीहरुले कुटपिट गरेको पीडित पक्षले जनाएका छन् ।
बोक्सीको लाञ्छना लगाउँदै बुधबार साँझ निर्घात कुटपिट गरेको भन्दै मुसहरी टोलका २० वर्षीय रञ्जित साह र ५५ वर्षीया रासोदेवी साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितले उजुरी दिएको धनुषाका प्रवक्ता तथा नायब प्रहरी उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
त्यस्तै धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित झिटकहिया का जिवछीलाई समेत बोक्सीको आरोपमा अपमानजनक व्यवहार गर्दै कुटपिट गरी कपाल मुण्डन गर्ने प्रयास गरेको भन्दै सोही ठाँउका ३३ वर्षीय रामनाथ यादव, ३५ वर्षीय जितनारायण यादव, ३१ वर्षीय सुजित यादव, २९ वर्षीय मिथिलेश यादव र ३६ वर्षीया विमला देवी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा बिहीबार उजुरी दिएको छ ।
कुटपिटबाट गम्भीर घाइते जिवछीको धनुषा अस्पताल जनकपुरमा कार्तिक ९ गते राति नै उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियोे । दुवै घटनामा प्रहरीले छानविन प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !