ललितपुर चेम्बरका सदस्य तथा कर्मचारीहरुले नेपाल मेडिसिटीमा विशेष सहुलियत पाउने
ललितपुर । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्श बीच सोमबार सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल मेडिसिटी अस्पतालको सेवामा ललितपुर चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत तथा उपचारमा विशेष सुविधा प्राप्त गर्ने भएका छन् ।
अस्पतालका महाप्रबन्धक विजय रिमाल एवं ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्प रत्न शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।
अस्पतालका महाप्रबन्धक रिमालले राष्ट्रकै पहिलो अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल मेडिसिटी अस्पतालले ललितपुर क्षेत्रलाई सधै प्राथमिकतामा राखेको बताए । आर्थिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिहरुको थप साथ र हौसला प्राप्त गर्ने उद्धेश्यका साथ सम्झौता कार्यक्रममा सहभागी हुन पाएकोमा उनले खुशी व्यक्त गरे ।
त्यस्तै, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्प रत्न शाक्यले नेपाल मेडिसिटी अस्पतालले गुण्स्तर अन्तर्राष्ट्रिय स्तरको उपचार प्रदान गर्दै आएको र स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार