मापसे गरेर छोरा लड्दा बुहारीलाई बोक्सीको आरोप लगाउँदै कुटपीट
काठमाडौं । लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला दाङ देउखुरीको गढवा गाउँपालिकामा बोक्सीको आरोप लगाएको कसुरमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएपछि ती पुरुष पक्राउ परेका हुन् ।
गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने पीडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै भाई बुहारीलाई बोक्सीको आरोप लगाएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजु तिलकरामलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिँडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नमिल्ने मुद्दा भनेपछि पीडितले प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
यही मंसिर १५ गते दिउँसो करिब २ बजे पीडितका श्रीमान् काममा गएको बेला एक्लो पारेर पिडक चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्न थालेको बेला एक स्थानीयले छुट्टाएपछि पीडित भागेर गाउँपालिका आएको बताइएको छ ।
पिडकले बिगत ४ वर्ष अगाडीदेखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकोले आजसम्म सहेर बसेको पीडित महिलाले बताइन् । ‘मेरै जेठाजुले मलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्न थाल्नुभो, आजै काट्छु मार्छु भनेर धम्की दिनुभयो, अनि म ज्यान जोगाउन गाउँपालिका आएँ,’पिडित महिलाले गुनासो गर्दै भनिन् ।
जेठाजुको छोरा मापसे गरेर कल्भर्टबाट लडेर घाइते भएको र उनलाई अस्पतालमा औषधी गर्नुको बदला गुरुवा कहाँ झारफूक गराइरहेको र आफुललाई बोक्सी लागिस् भनेर आरोप लगाएको पीडित महिलाले बताइन् ।
पीडित महिलाले जाहेरी दर्ता गरिसकेको र पक्राउ परेका पिडकलाई दाङ—देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् ।
बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा