‘ज्वाइँ साब’को कमाई कति ?
काठमाडौँ । फूलपातीदेखि रिलिज भएको नेपाली फिल्म ‘ज्वाइँ साब’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको छ । त्यसै दिन रिलिज भएका ‘छक्का पन्जा ५’ तथा '१२ गाउँ’को तुलनामा कम शो पाएको ‘ज्वाइँ साब’को वर्ड अफ माउथ पब्लिसिटीका कारण दर्शक झुम्मिएकाले सुरुवातको भन्दा अहिले शो समेत बढेको निर्देशक वसन्त निरौला बताउँछन् ।
फिल्मको आम्दानी सोचजस्तो नरहे पनि, नराम्रो पनि नरहेको वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘‘ज्वाइँ साब’ले अहिलेसम्म कति कमायो भनेर देशभरको हिसाब आज बल्ल मगाएको छु’, श्रेष्ठले भने ‘भोलि मात्र सबै आम्दानी सार्वजनिक हुन्छ ।’ फिल्मको रिलिजको समयभन्दा अहिले शो थपिएकोमा श्रेष्ठ प्रशन्न छन् ।
‘ज्वाइँ साब’हेर्ने अधिकांश दर्शकले कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । फिल्ममा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको हो ।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको ‘ज्वाइँ साब’मा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण