केन्द्रीय संस्करण

ठगी आरोपी युवतीलाई मुद्दा चलाउन काठमाडौंबाट दैलेख ल्याइयो

‘अमेरिका सपना’ बेचेर ५० लाख बढी ठगी

person explore access_timeपुस २३, २०७७ chat_bubble_outline0

सुर्खेत । ठगी गरेको आरोपमा पक्राउ परेकी विद्या सरकार शर्मालाई काठमाडौंबाट दैलेख ल्याइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ईटहरी उपमहानगरपालिका–४ घर भएकी २४ वर्षीया विद्यालाई पुस ६ मा काठमाडौंमा पक्राउ गरेको थियो । काठमाडौंमा उजुरी नआएपछि उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए । 

जिल्ला प्रहरी कार्यालय दैलेखमा उनिविरुद्ध ठगी मुद्धा दर्ता छ । विद्याले अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोप लागेको छ । ‘अमेरिका सपना’ बाँडेर उनले दैलेखमा ५० लाख बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

आफुलाई सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सिईओ) बताउने उनी गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख आएकी थिइन् । त्यसबेला उनले आफुलाई अमेरिकाको भिसा लागेको हुनाले आठ–दश जनालाई अमेरिका लैजान सक्ने भन्दै स्थानीयलाई ठगेकी थिइन् । 

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार नारायण नगरपालिका–१ नयाँ बजारका मनोज थापाको ९० हजार र विवेक थापाको ५२ लाख १४ हजार ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । 
पुस ९ मा दैलेख प्रहरीमा उनीविरुद्ध ठगीको जाहेरी परेको थियो । विद्यालाई पक्राउ गर्न जिल्ला अदालत दैलेखले अनुमति दिएको छ । महानगरीय प्रहरी परिसर  काठमाडौंसँगको समन्वयमा उनलाई पक्राउ गरेर दैलेख ल्याइएको डिएसपी श्रेष्ठले बताए । 

अदालतबाट ७ दिनको म्याद लिएर विस्तृत अनुसन्धान शुरु गरिएको डिएसपी अनुपम श्रेष्ठले रातोपाटीलाई बताए  ।  ०७७ असारपछि दैलेखका विभिन्न स्थानीय तहमा राहत वितरण गर्दै आएकी उनले सुरुमै जिल्ला प्रशासन कार्यालय दैलेखबाट कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् । यस्तै, उनले दैलेखका स्थानीय तहहरुसँग सहकार्य गरेर राहत रकम वितरण गरेको बताइएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.