लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, ०८ माघ २०७७, ११ : ३०
बुटवल । दुई वर्ष अघिदेखि लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।
२०७५ फागुन ७ गते दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्दामा १४ लाख ८० हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाईएका तुल्सीपुर नगरपालिका वडा नम्वर ६ बस्ने ४५ वर्षीय राजेन्द्र केसीलाई पक्राउ गरि पुस ७ गते अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।
त्यहाँका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकृत प्रहरी निरीक्षक मोहन जङबुङ थापाका अनुसार निजलाई पुस ६ गते मालपोत कार्यालयको बाटोमा हिँडिरहेको अवस्थामा निजलाई पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार