न्याय जगत्ले ‘गुरु’ मान्ने कानुनविद्लाई प्रधानमन्त्रीको व्यङ्ग्य : ‘बाजे वकिल’
काठमाडौँ । उमेरले ९४ टेकेका कृष्णप्रसाद भण्डारी न्याय क्षेत्रका सर्वमान्य कानुनविद् हुन् । न्याय जगत्मा कानुनविद्हरुले उनलाई ‘गुरुदेव’ भनेर सम्बोधन गर्छन् । माघ ७ मा उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा उभिएर प्रतिनिधिसभा विघटनबारे बहस गरेका थिए । बहस गर्दै उनले भने, ‘जनताको सर्वोच्चतालाई आघात पार्न मिल्दैन ।’
विघटनको मुद्दाको सुनुवाइ भएसँगै उनी दैनिक सर्वोच्चमा जान्छन् । इजलासमा बहस सुनिरहन्छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा सो मुद्दाको सुनुवाई हुँदा पनि उनले छोटो बहस गरेका थिए ।
‘उहाँ हामी सवैको गुरुदेव हुनुहुन्छ’ पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ भन्छन्, ‘न्याय क्षेत्रमा उहाँको अगाध निष्ठा छ ।’
न्याय क्षेत्रले ‘गुरु’ मान्ने तिनै वरिष्ठ अधिवक्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बाजे वकिल’ भनेर होच्याएका छन् ।
भण्डारी तिनै वकिल हुन् जसले झापा आन्दोलनको बेला प्रधानमन्त्री ओलीविरुद्ध लागेको ज्यान मुद्दाको बहस गर्न धनकुटासम्म पैदल यात्रा गरेका थिए । सो मुद्दाको बहस गर्न उनी सर्वोच्चसम्म आइपुगेका थिए । प्रधानमन्त्रीले उनलाई ‘तमासा’ देखाउन अदालतमा लगिएको भन्दै सार्वजनिक कार्यक्रममा कार्यकर्ता हँसाएका छन् ।
शुक्रवार काठमाडौंमा भएको सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विघटनबारे भइरहेको बहसलाई ‘तमासा’ भनेका हुन् । अदालतमा भइरहेको सुनुवाइलाई ‘तमासा’ भन्नु घोर आपत्तिजन रहेको बताउँछन् अर्का अधिवक्ता टिकाराम भट्टराई ।
‘अदालतको बहसलाई तमासा भन्नु घोर आपत्तिजनक मात्र होइन अदालतको अवहेलना हो जस्तो लाग्छ,’ अधिवक्ता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समस्त कानुन जगत् र प्रेसले मूल्यांकन गरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार