बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ जना पक्राउ
आइतबार, १६ फागुन २०७७, १२ : ५४
काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका-६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।
पक्राउ पर्नेहरुले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१८ निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसो करिब १ः३० बजेबाट बन्धक बनाएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ पर्नेहरुले पीडितको परिवारसँग १० लाख फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले बताए ।
प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गरेको प्रहरी नायव उपरिक्षक राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव