शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विपद् न्यूनीकरणका लागि प्रशिक्षक प्रशिक्षण

आइतबार, ०८ चैत २०७७, १५ : ०७
आइतबार, ०८ चैत २०७७

हेटौंडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विपद् न्यूनीकरणका लागि हेटौंडामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । मन्त्रालयले प्रदेशका १० जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधि र प्रहरीलाई विपद् न्युनिकरण सम्बन्धी ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिने भएको हो । तालिम आइतबारबाट सुरु भएको छ ।

प्रशिक्षणमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय तहका नगरप्रहरी तथा प्रतिनिधि लगायत सहभागी छन् । तालिम उद्घाटन गर्दै बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिकेले बागमती प्रदेश प्राकृतिक विपद्को जोखिमयुक्त प्रदेशमा पर्ने भएकाले समयमै सचेत रहनुपर्ने बताए ।

उनले विपद्को सामना गर्नु नै जीवनचक्र रहेको भन्दै जीवनमा आइपर्ने हरेक प्रकारको विपद्लाई सही समयमा उपयुक्त निर्णयका साथ समाधानको बाटो खोज्नुपर्नेमा जोड दिए । विपद् आउनु अगावै यसको जोखिमलाई मध्यनजर गरेर राज्य तहले विपद् न्युनिकरणमा लगानी गरेमात्र विपद्को ठूलो क्षतिबाट देश र जनतालाई जोगाउन सकिने उनको भनाइ थियो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विपद् व्यवस्थापन चक्रको सदुपयोग गरेरमात्र जोखिम न्युनीकरण हुने बताए । उनले विपद्को जोखिम न्युनीकरणका लागि आवश्यक स्रोत साधनको उचित प्रयोग र व्यवस्थापन आवश्यक रहेको बताए । तीनै तहको सरकारको समन्वयमा मात्र विपद् न्युनीकरणका कार्य सफल हुने भएकाले तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप