बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चोरीका सात वटा मोटरसाइकल बरामद

सोमबार, २३ चैत २०७७, २० : ४०
सोमबार, २३ चैत २०७७

कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् । 

नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइल बरामद गरिएको उहाँले बताउनुभयो । चोरीको मोटरसाइल चढ्ने फरार रहेकाले प्रहरीले खोजी कार्य गरी रहेको छ ।

 बरामद चोरीका मोटरसाइकल आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप