आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सनराइज बैंकले ‘कर्पोरेट पे’ प्रणाली प्रदान गर्ने

मङ्गलबार, १४ वैशाख २०७८, १९ : ५२
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । 

उक्त सम्झौता पत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्याटफर्मबाटै बैंकमा नगई आफैले फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु स्वतः खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछन् ।  ‘कर्पोरेट पे’ प्रणालीमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । साथै स्वीकृती लगायतका आवश्यक प्रकृया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप