शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितले पाए नयाँ घर

शनिबार, २८ असोज २०७४, २१ : १७
शनिबार, २८ असोज २०७४

समुन्द्रा घिमिरे

लमजुङ (बेसीशहर)– २०७२ बैशाख १२ को महाभूकम्पपीडित पूर्वी लमजुङस्थित दूधपोखरी गाउँपालिकाका करिब ६९ घरपरिवारले नयाँ घर पाएका छन् । 
नेपाल भूकम्प पुनर्लाभ परियोजना अन्तरर्गत लुथरन वल्र्ड रिलिफको सहयोगमा जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोपाडेस) को सहयोगमा उक्त परियोजना सञ्चालन गरिएको हो । 

परियोजना अन्तरगर्त दूधपोखरी गाउँपालिकाका करिब २ सय घरपरिवारलाई नयाँ घर निर्माण गरिँदै छ । निजी आवास निर्माण अन्तरगत दूधपोखरी गाउँपालिका वडा नम्बर २ विचौरमा २१ घर निर्माणपछि हस्तान्तरण गरिएको छ । 

त्यस्तै, दुधपोखरी गाउँपालिका– ५ (साविकको कोल्की) का १३ घरपरिवार र दूधपोखरी १ (साविक दुधपोखरी गाविस) का ३५ परिवारले नयाँ घर पाएका हुन् । नयाँ घर निर्माणसँगै परिवारले नयाँ घर पाएका छन् । 

दुई सय घरपरिवारलाई पहिलो किस्ता वितरण गरिएको, ७५ परिवारलाई तेस्रो किस्ता वितरण गरिसकिएकोमा ६९ घर निर्माण भइकेको र ६ घरनिर्माणको अन्तिम चरणमा रहेको कोपाडेसका कार्यक्रम संयोजक विजय गुरुङले बताए । 

गुरुङकाअनुसार, भूकम्प प्रभावित समुदायका लागि विपद् तयारी तालिम अन्तरर्गत ३ सय ९ जनालाई डकर्मी सिकर्मी तालिम दिइएको र तालिम प्राप्त सिकर्मी डकर्मीको सहयोगमा नयाँ घरहरु निर्माण गरिएको थियो । भूकम्पपश्चात करिब १४५८ घरपरिवारलाई खाद्यान्न, जस्तापाता, काँटी सहयोग गरिएको थियो ।

समुदायमा विपद् पश्चात साधारण उपचार तालिम, खोज तथा उद्धार तालिम प्रदान गरिएको र आवश्यकता अनुसारको सामाग्री प्रदान गरिएको थियो । 

भूकम्पपीडितलाई नयाँ घरसँगै जीविकोपार्जनका लागि मौरी, बाख्रा पालन, अलैँचीका विरुवा, तरकारी खेतीका लागि पनि सहयोग गरिएको छ । चार सय घरपरिवारका लागी प्रत्येक परिवारलाई दुईवटाका दरले करिव १० हजार रुपैया बराबरको बाख्रा वितरण गरिएको थियो । 

६५ घरपरिवारलाई प्रत्यक परिवार २ घारका दरले करिब १६ हजार बजाबरको मौरीसहितको आधुनिक घार, महजालि र चक्की वितरण गरिएको छ । तरकारी खेती अन्तर्गत आलुको विउँ, टनेल निर्माणमा सहयोग गरिएको गुरुङले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप