शुक्रबार, ०४ साउन २०८१
ताजा लोकप्रिय

जनकपुरका अधिकांश स्थान डुबानमा

शनिबार, १९ असार २०७८, २२ : २०
शनिबार, १९ असार २०७८

विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् । 
उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३  वढी डुबानमा  परेका छन्  । हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय डुबानमा परेका छन् । 

एसियाली विकास बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले  यहाँका सडक स्तरोन्नति गरिरहेको छ ।  ढल व्यवस्थापन नहुँदा  नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । डुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप