बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

इजरायलबाट २० करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

बिहीबार, २४ असार २०७८, १० : ४०
बिहीबार, २४ असार २०७८

नारायण  अर्याल

नेपाली राजदूतावास इजरायलको पहलमा इजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र/कम्पनी लगायतबाट संकलित तथा नेपाली दूतावास परिवार सहित इजरायलवासी नेपालीबाट संकलित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको Airbus 332 विमान ईजरायलको तेल अभिव स्थित वेनगुरियन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको छ ।

नेपालको कोरोनाविरुद्धको लडाईँमा साथ दिन जुटाइएका ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सन्ट्रेटर, मोबाइल कोरोना टेस्टिङ ल्याब, पीसीआर टेस्ट किट, एन्टिजेन परीक्षण किट, कोरोनाविरुद्ध लड्न सघाउने औषधीहरु, मास्क, पीपीई, ग्लोब, सेनिटाइजर, थर्मोमिटर लगायतका २० करोड नेपाली रुपैयाँ बराबरका COVID-19 सम्बन्धी करिब १८ टन विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाईन्सको उक्त विमान उडेको हो।

नेपाली राजदूतावास इजरायलले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत इजरायलमा नेपाली ध्वजावाहकको पहिलो औपचारिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भव तुल्याउँदै यस अभियानलाई निष्कर्षमा पुर्याउन सहयोग गर्ने  नेपाल सरकार, नेपाल एयरलाइन्सलगायत सम्पूर्ण दातृ निकाय तथा सहयोगी मनहरुमा  हृदयदेखि नै आभार प्रकट गरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप