सानिमा बैंकका ग्राहकहरुलाई दराजको महाबचत बजारमा विशेष छुट
सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकहरुले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु १५,०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजार सम्मको छुट प्राप्त गर्न सकिनेछ ।
यो योजना २०७८ साउन ३ देखि २०७८ साउन ७ गतेसम्म लागू हुनेछ । उक्त समझदारीपत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विकास श्रेष्ठ र दराज केयमु प्रालिको तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप म्यानेजर अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटिएम सञ्चालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेण्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्नसक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन
-
पतञ्जलीको सोन पापडी खान असुरक्षित
-
कांग्रेसले भन्यो– झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ
-
भोलि बस्ने राष्ट्रियसभाका यी हुन् आठ कार्यसूची
-
एमाले भक्तपुरको अध्यक्षमा देउजा
-
इजरायली प्रधानमन्त्रीलाई भेट्दै अमेरिकी सुरक्षा सल्लाहकार