जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन निर्माण कार्य अलपत्र

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित सञ्जीवनी बजारमा निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयको भवन नौ वर्षदेखि अलपत्र अवस्थामा छ । जि.एम कन्स्ट्रक्सनले विसं २०६९ वैशाख १२ गते रु चार करोड ३२ लाख पाँच हजारमा सम्झौता भई विसं २०७० साउन १२ गते सम्पन्न गर्ने गरी कार्य थालनी गरेको भवन निर्माणको काम व्यवसायीले समयमा सम्पन्न नगर्दा अलपत्र अवस्थामा पुगेको हो ।

बालमैत्री, अपाङ्गमैत्री, प्रहरीको क्वार्टर, चमेनागृह, सुविधा सम्पन्न पार्किङसहित सेवाग्राहीमैत्री रुपमा बनाइएको भवनमा लेउ लागेको अवस्था छ भने आँगनभरी झार उम्रिसकेको छ । तत्कालीन अवस्थामा वाग्मती अञ्चलकै नमूना र सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना बनाएर शुरु गरिएको नौ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्यले अझै पूर्णता पाएको छैन । 

निर्माणको जिम्मा पाएको कम्पनीले समयमा काम नगरेका कारण अर्को निर्माण कम्पनीमार्फत काम गर्न लाग्दा पहिला जिम्मा पाएको निर्माण कम्पनीले प्रशासन कार्यालयविरुद्ध मुद्दा दायर गरेपछि त्यसको किनारा नलाग्दा सो काम प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

त्यसका कारण आफ्नै भवन निर्माण कार्य सम्पन्न गर्न नसकेपछि भाडाको घरमा वार्षिक लाखौँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएकामा साउनको पहिलो सातादेखि भने जिल्ला समन्वय समितिको परिसरमा निर्माण गरेको ट्रष्ट भवनलाई मर्मतसम्भार गरी कार्यालय सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिले आफ्नै पक्की भवन निर्माण गरेर सरेपछि खाली रहेको ट्रष्ट भवन मर्मत गरी जिल्ला प्रशासन कार्यालय सो भवनमा सरेको हो । यसअघि सो कार्यालयले मासिक रु एक लाख १० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

त्यसरी वार्षिक रुपमा रु १३ लाख २० हजार भाडा तिर्दै आएकामा अब त्यो रकम तिर्नुनपर्ने भएको छ । एकातिर व्यक्तिको घरमा त्यसरी कार्यालय सञ्चालन गर्दा नागरिकलाई दोस्रो, तेस्रो तल्लासम्म जानुपर्ने र कुन कोठा नम्बरबाट कुन सेवा दिने भन्ने नै अफ्ठ्यारो भएको कारण ट्रष्ट भवनमा सरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।