शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : थप ७० जनामा संक्रमण

शुक्रबार, १५ साउन २०७८, १९ : १४
शुक्रबार, १५ साउन २०७८

कर्णाली प्रदेशमा शुक्रबार ७० जनामा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । ५७ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २७ जना र ४२७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ४३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३० हजार १९० पुगेको छ ।

शुक्रबार सबैभन्दा बढी कालिकोट र सुर्खेतमा १७÷१७ जनामा कोरोना देखिएको छ । यस्तै दैलेख र मुगुमा ९÷९, रुकुम पश्चिममा ७, जुम्लामा ५, सल्यानमा २ जाजरकोटमा २, हुम्लामा १ र अन्य १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै ८० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । अब सक्रिय संक्रमितको संख्या ६८० रहेको छ ।  शुक्रबार कोरोनाबाट कर्णालीमा कसैले पनि ज्यान गुमाएका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप