बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म छायाङ्कनमा सहजीकरणको माग गर्दै प्रहरीलाई निर्माता संघको पत्र

बुधबार, २० साउन २०७८, १५ : ५७
बुधबार, २० साउन २०७८

चलचित्र निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई फिल्म छायांकनका लागि आवश्यक उपकरण सहज रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ । संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई संघको तर्फबाट एक पत्र बुझाउँदै सो अनुरोध गरेका हुन् । 

फिल्म छायांकनका लागि अत्यावश्यक हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गर्न समेत प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत अनुरोध गरिएको छ । निर्माता संघले बुझाएको ६ बुँदे पत्रमा फिल्म छायांकनका लागि प्राप्त र उपकरण जरुरी परे निर्माता संघमार्फत आउने ब्यवस्था मिलाउन, माग भएको तीन दिनभित्र आवश्यक सामान उपलब्ध गराउन र प्रहरी जनशक्ति चाहिएको खण्डमा २५ देखि ५० प्रतिशत जनशक्ति उपलब्ध गराउन, प्रहरी भ्यान लिएबापत लाग्ने शुल्क घटाएर १० देखि १५ हजार कायम गर्न र प्रहरीकै निगरानीमा सक्कली हतियारबाट फिल्म छायाँकन गर्न सहज वातावरण मिलाउन लगायत माग समेटिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप