इचङ्गुनारायण मन्दिरबाट ४ वटा मूर्ति चोरी
बुधबार, २० साउन २०७८, १६ : ३३
नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट मूर्ति चोरी भएको छ । गएराती मुल मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी भएको हो । चोरी भएका मूर्ति सूर्यमान श्रेष्ठ र वाइके पाण्डेले मन्दिरमा चढाएका थिए । मन्दिरको मुख्य भवनको ग्रिल र झ्यालको जाली उप्काएर मुल मूर्तिसँगै रहेका ढलोटका मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले रातोपाटीलाई बताए ।
इचङ्गुनारायणलाई काठमाडौं उपत्यकामा रहेका चार नारायणमध्ये सबैभन्दा कान्छो नारायण भनेर चिनिन्छ । चोरीमा संलग्नको खोजी भइरहेको डिएसपी केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वमा चिप उद्योगमा लगानी बढ्दै
-
मास्टर सेफ सन्तोष साहले ललितपुरमा खोले 'मिथिला थाली' रेस्टुरेन्ट
-
अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा, १ लाखले अवलोकन गर्ने अपेक्षा
-
उद्योगमन्त्री भण्डारीले भेटे चिनियाँ व्यवसायी, नेपालमा लगानी बढाउन आग्रह
-
सहकारी र लघुवित्तलाई नीतिगत व्यवस्थाद्वारा कर्याप्प पारौँ : स्वर्णिम वाग्ले
-
पुणे सर्ट फिल्म फेस्टिभलमा नेपालको ‘बत्तीको पुतली’ छनौट