पुणे सर्ट फिल्म फेस्टिभलमा नेपालको ‘बत्तीको पुतली’ छनौट
काठमाडौँ । नेपाली लघु चलचित्र ‘बत्तीको पुतली’ (फलाइस एराउण्ड फायर) भारतको पुणेमा आयोजना हुने १४ औँ सर्ट फिल्म फेस्टिभलमा छनौट भएको छ । चलचित्र सुमन गजमेरले निर्देशन गरेका हुन् ।
पुणेमा फेस्टिभल यही जेठको २१ गतेबाट सुरु हुँदैछ । चलचित्र फेस्टिभलमा उत्कृष्ट विद्यार्थी फिल्म, उत्कृष्ट पहिलो निर्देशक र उत्कृष्ट प्रयोगात्मक चलचित्र गरी ३ विधामा छनौट भएको हो ।
मोनिका थापा र विशाल शर्माको मुख्य भूमिका २० मिनेटको चलचित्र युवाहरूको मनोविज्ञानमा आधारित छ । निर्देशक गजमेरकै लेखन रहेको चलचित्रको ध्वनि सम्पादन क्यानडाका क्रिरिक एस्ले स्मिथले गरेका हुन् । चलचित्र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।
भारतका प्रख्यात चलचित्रकर्मीहरूको समेत सहभागिता फेस्टिभलमा रहनेछ । चलचित्र मार्फत युवाहरूको मानसिक अवस्थाको चित्रण गर्ने प्रयास आफूले गरेको निर्देशक गजमेरले बताए । उनले भने, ‘पछिल्लो समय युवाहरू रंगीन दुनियाँको खोजीमा आफ्नो यथार्थ भुल्ने गरेको विषयवस्तुलाई चलचित्र मार्फत देखाउन खोजेको हो ।’
निर्देशक गजमेरले यसअघि नेपाली चलचित्र ‘महापुरुष’, ‘बाबरी’ र ‘कठपुतली’ लगायतमा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन् । निर्देशक गजमेरको लघु चलचित्र ‘बत्तीको पुतली’ यसअघि बेलायतको लिफ्टअफ ग्लोबल नेटर्वक फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण