शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कलेज शुल्कमा छुट माग्दै आन्दोलनरत विद्यार्थीमाथि प्रहरीको बल प्रयोग

आइतबार, २४ साउन २०७८, ११ : ०४
आइतबार, २४ साउन २०७८



ललितपुरको हिमालय कलेज अफ इन्जिनियरिङ कलेजमा आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको छ ।  

मंगलबार कलेज शुल्क कम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको हो । 

महामारीका कारण अनलाइन कक्षा सञ्चालन भएका कारण क्याम्पस शुल्कमा छुट माग्दै विद्यार्थीहरुले ६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । 

उनीहरुले गत १७ गते व्यवस्थापनलाई ३ बुँदे मागपत्र समेत बुझाएका थिए।

आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि महानगरीय प्रहरी परिसर ललितपुर अन्तरगत बालकुमारी र मंगलबजारबाट खटिएको प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको आन्दोलनरत विद्यार्थी विवेक ज्ञवालीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप