आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकी काँग्रेसको प्रमुख सचेतकमा गौतम, सचेतकमा मल्ल

बिहीबार, २८ साउन २०७८, २२ : १६
बिहीबार, २८ साउन २०७८

गण्डकी प्रदेशसभामा सत्तारुढ नेपाली काँग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । यसअघि प्रमुख सचेतक रहेका सांसद मणिभद्र शर्मा कँडेल पर्यटन मन्त्रीमा नियुक्त भएपछि मुख्यमन्त्री तथा दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ओम कलालाई सचेतक नियुक्त नियुक्त गरेका हुन् । 

यसैगरी सचेतक पदमा भवगत प्रकाश मल्ल नियुक्त भएका छन् । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् ।  नियुक्त भएका ओमकला नवलपरासी पूर्वबाट समानुपातिक सांसद बनेकी हुन भने मल्ल स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

काँग्रेसको संसदीय दलको नेता रहेका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप