पूर्व युवराज पारस शाहको गेटअपमा भरतमणि देखिएपछि..
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा देखिने भएका छन् । शनिबार साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका हुन् ।
शो को बिहीबार नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो । जसमा भरतमणिको पूर्व युवराज शाहको गेटअपको छोटो प्रस्तुति समेत समेटिएको छ । समाचार तयार गर्दासम्म उक्त ट्रेलर ६ लाख ८५ हजार भ्युज पाएको छ । ट्रेलरमा पौडेलको गेटअप पूर्व युवराज शाहसँग हुबहु मिल्दो देख्न सकिन्छ । शाहकै हाउभाउमा उनले प्रस्तुति समेत दिएका छन् । प्रस्तुतिमा राजाको शासन समयमा कलाकार दरबार छिर्ने प्रसंगदेखि केही अगाडि पूर्व युवराज शाहको हेल्मेट काण्ड समेत समेटिएको ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ । ट्रेलर युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए ।
‘कमेडी च्याम्पियन २’ को अहिले उत्कृष्ट ४ प्रतिस्पर्धा चलिरहेको छ । आज प्रसारण हुने प्रतिस्पर्धाबाट पौडेल उत्कृष्ट तीनमा पर्ने नपर्ने निक्र्याैल गर्नेछ । पौडेलसहित उत्कृष्ट ४ मा बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा पनि छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार समेत मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव