‘अस्तित्वको लडाईं’ को शुभ–मुहूर्त
शुक्रबार, २५ भदौ २०७८, १२ : ४२
फिल्म ‘अस्तित्वको लडाईं’ को शुभ–मुहूर्त गरिएको छ । गोविन्द गौतमको निर्देशन रहने फिल्मको शुक्रबार मकवानपुरको चैनपुर राक्सिराङमा एक कार्यक्रमका बीच मुहूर्त गरिएको हो । चेपाङ समुदायको कथामा निर्माण हुन लागेको फिल्म निर्देशक गौतमले नै लेखेका हुन् ।
फिल्मको छायाँकन तिहारपछि मात्र सुरु हुन कार्यकारी निर्माता सुवास काफ्लेले जानकारी दिए । सरिता ढुंगाना निर्माता रहेको फिल्म नेपाल चेपाङ समाजले निर्माण गर्न लागेको हो । फिल्ममा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बनियाँलगायतका कलाकारको अभिनय रहनेछ ।
रामशरण कोइराला एसोसिएट निर्देशक रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द रहनेछ । फिल्म यसै वर्षको अन्त्यसम्म प्रदर्शनमा ल्याइने निर्देशक गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार