स्वास्थ्य सेवा तर्फका फाजिलका कर्मचारीलाई कोभिड–१९ प्रतिकार्यमा निरीक्षक पदमा दरखास्त दिन आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि स्वास्थ्य जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । सरकारले फाजिलमा रहेका स्वास्थ्य सेवा अन्तर्गतका स्थायी कर्मचारीलाई कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षकका रूपमा खटाउने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले फाजिलमा रहेका जनस्वास्थ्य तर्फका कर्मचारीलाई दरखास्त दिन आह्वान गरेको छ । जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी पदपूर्ति समितिको बैठकले ७ दिनभित्र दरखास्त दिन आग्रह गरेको हो । दरखास्त दिने कर्मचारीमा न्यूनतम योग्यता जनस्वास्थ्य विषयमा कम्तीमा स्नातक गरेको र काउन्सिल दर्ता भएको कागजात पेस सात दिनभित्र गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिकार्यका लागि जनशक्ति कति चाहिन्छ ?
कोभिड–१९ प्रतिकार्यका लागि सरकारले देशका कुल ७५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरीक्षक परिचालन हुने छन् ।
११ वटा उप–महानगरपालिका ३/३ जनाका दरले निरीक्षक रहनेछ भने २७६ नगरपालिकामा २/२ निरीक्षकलाई खटाइने कार्यविधिमा उल्लेख छ । यस्तै ४६० गाउँपालिकामा १/१ जना सातौँ तहका जनस्वास्थ्य अधिकृत खटाइने भएको छ ।
कोभिड–१९ को प्रतिकार्यका खटिने जनस्वास्थ्य निरीक्षकको तलब स्केल ३७ हजार ८७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता अर्थात् १८ हजार ९३५ रुपैयाँ गरी कुल ५६ हजार ८०५ रुपैयाँ हुने कार्यविधिमा उल्लेख छ ।
कामको सिलसिलामा कोभिड–१९ सङ्क्रमित भएमा त्यस्ता निरीक्षकलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने छ भने स्वास्थ्यकर्मीले पाउने जीवन बीमा सुविधासमेत उनीहरूलाई उपलब्ध गराइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : अर्थ मन्त्रालयको असहयोगका कारण अवैध रकमान्तर छानबिनमा ढिलाइ
-
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का
-
राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल
-
मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति
-
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
-
रौतहटमा प्रहरीद्वारा १२ लाखको अवैध सामान बरामद