१२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
बुधबार, ०६ असोज २०७८, १७ : २८
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय वृद्ध पक्राउ परेका छन् । प्रहरीले धनुषाधाम नगरपालिका–५ (पर्वता)का पल्टु मण्डललाई पक्राउ गरेको हो । मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समयमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । सोमबार राती पक्राउ परेका मण्डलमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीमाथि जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज सुरेश ठाकुरले जानकारी दिए । पीडित बालिकालाई प्रादेशिक अस्पताल ल्याइए पनि स्वास्थ्य परिक्षण हुन नसकेको उनको परिवारले जानकारी दिएको छ । । धनुषाधाम ५ का वडाअध्यक्ष इन्दल महतोले घटनासँग जोडिएकाहरुमाथि कानूनी कारवाही हुनुपर्ने माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार