व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा ४ जना सार्वजनिक
बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो । यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । हत्यामा तीन जनाको संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौँमा मृत फेला परेका थिए । उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या गरेको आशङ्कामा प्रहरीले खोजी सुरु गरेको थियो ।
अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली बिहीबार घटनास्थलमा खटिएको थियो । शाही नेतृत्वको टोलीले घटना भएको सो घटनामा संलग्न रहेकाहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।
उनीहरुविरुद्ध कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार