सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

ठूला दलले काम गर्न सकेनन् : अध्यक्ष राणा

बिहीबार, १४ असोज २०७८, २१ : २६
बिहीबार, १४ असोज २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले ठूला दलले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको बताएका छन् । 

दसैंको पूर्वसन्ध्यामा आज आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष राणाले तत्कालीन नेकपा नेतृत्वको सरकारले जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको र वर्तमान सत्ता गठबन्धनले पनि त्यस्तो काम गर्ने कुनै सकारात्मक सङ्केत नदेखाएको जिकिर गरे ।

अध्यक्ष राणाले आगामी निर्वाचनमा साना पार्टीलाई जनताले विजयी गराउनुपर्ने तर्क राख्दै आफ्नो पार्टी कुनै न कुनै गठबन्धनमा सामेल भएर निर्वाचनमा लड्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप