‘चुरिफुरी’ ९ पुसमा प्रदर्शनमा आउने
ऋण्षिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरिफुरी’ले रिलिज मिति घोषणा गरेको छ । निर्माण युनिटले आगामी ९ पुसलाई प्रदर्शन मितिका रुपमा सार्वजनिक गरेको हो ।
कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन फिल्म ‘चुरिफुरी’ ले औषधीको काम गर्ने निर्देशक आचार्यले बताए । फिल्म क्षेत्रलाई चलायमान गराउन अब लगातार फिल्म रिलिजको विकल्प नभएको निर्देशक आचार्यको भनाई रहेको छ ।
सामाजिक बिषयमा कमेडी मिश्रित फिल्म ‘चुरिफुरी’ मा रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ , राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतका कलाकारको अभिनय छ ।
दीपक शर्माको संगीत तथा राहुल राईको छायाँकन रहेको फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् । निर्देशक आचार्य र रीना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेको फिल्मको बितरण डिसिएनले जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विकाश कोषका सल्लाहकार सिद्धार्थ गुरुङ पक्राउ
-
‘बजेट’ राजनीतिक दस्तावेज कि प्राविधिक अङ्कगणित ?
-
कांग्रेसका भ्रातृ संस्थाले गरे सहकारी ठगीविरुद्ध आन्दोलन घोषणा
-
‘भूमिकाविनै सरकारमा बस्नुको औचित्य हुँदैन’
-
कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन
-
मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुला