‘भूमिकाविनै सरकारमा बस्नुको औचित्य हुँदैन’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सत्ता साझेदारीमा निरन्तरताका लागि प्रधानमन्त्रीसँग प्रभावकारी भूमिकाको जिम्मेवारी खोज्ने सङ्केत गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा सरकारबाट बाहिरिए लगत्तै एकीकृत समाजवादीले बस्ने वा छाड्ने अन्योलबिच रहिरहन ‘बार्गेनिङ’को नीति लिने देखिएको हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले मुलुकलाई राजनीतिक स्थिरता प्रदान गर्नका लागि एकीकृत समाजवादी सरकारमा बस्न जहिले पनि तयार रहेको बताएका छन् । सोमबारको पोलिटब्युरोको बैठकपछि उनले सञ्चारकर्मीसँग शक्ति अनुसारको समान हैसियत प्राप्त गर्ने हो भने राजनीतिक स्थिरता प्रदान गर्नका लागि सरकारमा बस्न तयार रहेको बताए ।
उनले भने, ‘हामी आफ्नो अडानमा छौँ, सरकारमा किन बस्ने हाम्रो दृष्टिकोण प्रस्ट छ । शक्ति अनुसारको समान हैसियत प्राप्त गरे, राजनीतिक स्थिरता प्रदान गर्नको लागि हामी सरकारमा बस्न जहिले पनि तयार छौँ । तर नीतिविना, कार्यक्रमविना नीति कार्यक्रम र बजेटमा हाम्रो भूमिका विना सरकारमा बस्ने कुरा प्रश्नवाचक नै बन्छ ।’
यस्तै, उनले पार्टीको केन्द्रीय कमिटीको बैठक जेठ १ र २ गते हुने जानकारी पनि दिए । उनले भने, ‘चार वटा दस्ताबेजहरू राजनीतिक प्रतिवेदन, पार्टीको कार्यक्रम, विधान र संगठनात्मक प्रस्तावमा आज ४१ जनाले आफ्नो धारणा राख्नु भएको छ । ती धारणाहरूलाई सम्पादन गरेर राजनीतिक प्रतिवेदनमा राख्ने छ । पार्टीको केन्द्रीय कमिटीको बैठक जेठ १ र २ गतेमा सम्पन्न हुनेछ ।’
पार्टीका सम्मानित नेता झलनाथ खनालले सञ्चारकर्मीको प्रश्नमा पार्टीको राजनीतिक प्रतिवेदनले सरकार छाड्ने निर्णय नगरेको बताए । उनले भने, ‘हाम्रो पार्टीको राजनीतिक प्रतिवेदनले सरकार छोड्ने निर्णय गरेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण