कांग्रेसका भ्रातृ संस्थाले गरे सहकारी ठगीविरुद्ध आन्दोलन घोषणा
सोमबार, ३१ वैशाख २०८१, २१ : १३
काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघ र नेपाल तरुण दलले सहकारी ठगीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । महिला संघले जेठ १ गते (भोलि) रत्नपार्कस्थित शान्तिवाटिका विरोध र्यालीको आयोजना गरेको हो ।
सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन, सहकारी समस्याको दिगो समाधान गर्न र सहकारी ठगीमा संलग्नमाथि छानबिन गरी कानुनी कारबाहीका लागि सरकारलाई दबाब दिन विरोध र्याली गर्न लागिएको महिला संघले जनाएको छ ।
यस्तै आजै बसेको नेपाल तरुण दलको केन्द्रीय समिति बैठकले पनि सहकारी ठगीविरुद्ध विरोध र्यालीको घोषणा गरेको छ । जेठ २ गते दिउँसो १२ बजे माइतीघरमण्डलाबाट नयाँ बानेश्वरसम्म सहकारी ठगीविरुद्ध विरोध र्याली गर्ने तरुण दलका अध्यक्ष विद्धान गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण