बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लाइसेन्स फाइल पेन्डिङमा भएकाहरूले अपुग कागजात बुझाउन पाउने

सोमबार, ०८ कात्तिक २०७८, १४ : ०३
सोमबार, ०८ कात्तिक २०७८

लाइसेन्स फाइल पेन्डिङमा रहेकाहरूले अपुग कागजात बुझाउन पाउने भएका छन् । स्वास्थ्य व्यवसायी परिषद्ले ३५ दिने सूचना जारी गर्दै लाइसेन्सका लागि आवेदकलाई अपुग कागजात बुझाउन आग्रह गरेको छ ।

परिषद्ले  ०७३ साउन १ गतेदेखि ०७८ वैशाख १० गतेसम्म नाम दर्ता गरेको प्रमाणपत्रका लागि अनलाइन आवेदनमा अपुग कागजपत्र रहेकाले आवेदकलाई आग्रह गरेको हो । स्नातकोत्तर, स्नातक  र प्रमाणपत्र तहमा नाम दर्ता प्रमाणपत्र लाइसेन्सका लागि अनलाइन आवेदनमा पेन्डिङ रहेका आवेदकलाई सोमबार अर्थात् आजदेखि ३५ दिने सूचना जारी गरेको हो । तोकिएको अवधि भित्र कागजात पुरा नगरेको खण्डमा आवेदन स्वतः रद हुने र पुनः अनलाइन आवेदन भरी नाम दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुनुपर्ने समेत  सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप