बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराईको यस्तो छ घोषणापत्र

मङ्गलबार, २१ कात्तिक २०७४, ११ : २९
मङ्गलबार, २१ कात्तिक २०७४

प्रमुख राजनीतिक दलले चुनावलाई केन्द्रमा राखेर केन्द्रीय स्तरमा आआफ्ना घोषणापत्र बनाएका छन् । त्यसैगरी प्रतिनिधिसभाका उम्मेदवारले पनि स्थानीय मुद्दा समेटेर व्यक्तिगत रूपमा चुनावी घोषणापत्र बनाएका छन् । प्रतिनिधिसभामा उठेका नेताका चुनावी घोषणापत्र कस्ता छन् ? पाठकहरू र मतादाताबीच बहसका लागि हामीले उनीहरूको घोषणापत्रको पूर्ण पाठ कात्तिक २० गतेबाट छाप्न थालेका छौं । तपाईं पनि प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ र आफ्नो घोषणापत्र रातोपाटीमार्फत जनताकहाँ पुऱ्याउन चाहनुहुन्छ भने हाम्रो इमेल [email protected] मा पठाउनुहोला । इमेलमा प्राप्त भएको मितिका आधारमा पालैपालो प्रकाशित हुनेछ । (–सम्पादक)

नयाँ शक्ति पार्टीको प्रतिबद्धता

गोरखाको आर्थिक विकास र समृद्धि

१. प्रारम्भ

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,

संविधान सभामार्फत् जनप्रतिनिधिहरूद्वारा संविधान निर्माणपश्चात् हाम्रो देश नेपाल नयाँ युगमा प्रवेश गरेको छ । विगतमा हाम्रा पुर्खाहरूले भौगोलिक अखण्डता र स्वाधीनताका लागि ठूलो सङ्घर्ष गर्नुपऱ्यो । राज्य एकीकरण र लोकतान्त्रीकरणको निम्ति हामीले सयौा वर्ष खर्चनुपऱ्यो । नेपाली जनताको अदम्य साहस र वीरताको प्रतिफलस्वरूप आज हामी स्वाधीन र लोकतान्त्रिक पद्धति अवलम्बन गर्ने देशका नागरिक बन्न पाएका छौा । यी ऐतिहासिक उपलब्धिहरू हासिल गर्न गोरखाली जनताको उल्लेख्य र नेतृत्वदायी भूमिका रहेको कुरा सर्वविदितै छ ।

आधारभूत राजनीतिक अधिकारलाई हाम्रो निजी जीवन र सामाजिक प्रगतिसँग जोड्न आर्थिक विकास र समृद्धिलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नु नै अबको युगको आवश्यकता हो । हामीलाई सयौा वर्ष पछाडिको ‘रामराज्य’को सपना होइन, हाम्रै जीवनकालमा विकास र समृद्धि देख्ने रहर छ, अधिकार छ । दिमागमा समृद्धिको स्पष्ट चित्र, दृढ इच्छाशक्ति र अवसर भए हाम्रै जीवनकालमा समृद्ध नेपाल सम्भव छ । हिजो अधिकार प्राप्तिको लडाइामा हामी विभिन्न विचारमा विभक्त थियौा । राजनीतिक परिवर्तनको प्रक्रियामा भएका होचो अर्घेलोलाई बिर्सेर राष्ट्र निर्माण गर्ने अभिभारा हाम्रै काँधमा आएको छ । यतिखेर समाजमा अराजकता र अस्थिरता होइन, आपसी सद्भाव र मेलमिलापको खाँचो छ । नयाँ युगको नेतृत्व नयाँ सोचले मात्र गर्न सकिन्छ ।

यिनै युगिन आवश्यकतालाई सम्बोधन गर्न नयाँ शक्ति पार्टी, नेपालको जन्म भएको हो । दूषित राजनीतिको चक्रव्यूह तोड्दै, नयाँ राजनीतिक संस्कार स्थापित गर्न डा. बाबुराम भट्टराईको आह्वानमा यस वैकल्पिक राजनीतिक अभियानको सुरुवात भएको हो । हामीसँग समृद्धिको स्पष्ट चित्र छ, इच्छाशक्ति पनि छ । अब यहाँहरूबाट अवसर प्राप्त भयो भने समृद्धिको युगको नेतृत्व पनि गोरखाली जनताबाटै हुनेछ ।

गोरखालाई आर्थिक विकास र समृद्धिको नमुना जिल्ला बनाई समुन्नत नेपालको जग बसाल्न सकिन्छ भन्ने विश्वास हामीलाई छ । गोरखा जिल्लावासीको जीवनस्तरलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध बनाउन सकिने प्रशस्त आधारहरू छन् । ती आधारहरू निर्माण गर्ने कार्यमा हामी हिजैदेखि लागेका थियौा र आगामी दिनमा पनि निरन्तर लागिरहन प्रतिबद्ध छौा ।

२. डा. बाबुराम भट्टराईको कार्यकालमा भएका राष्ट्रिय महत्वका कामहरू :

क. कीर्तिमानी राजस्व सङ्कलन

–  २०६५–०६६ को आर्थिक वर्षमा करको दरमा खासै परिवर्तन नगरी मुख्यत: सुशासन मार्फत् ३३.३५ प्रतिशतको वार्षिक राजस्व वृद्घिदर हासिल ।

ख. साना किसान तथा घरेलु उद्यमीहरूको ऋण मिनाहा

–  साना किसान तथा घरेलु उद्यमीहरूको सरकारी बैङ्कहरूबाट लिएको रु. ३० हजारसम्मको ऋणको साँवा र ब्याज दुवै मिनाहा ।

–  रु. १ लाखसम्मको ऋणको ब्याज मिनाहा ।

–  सहिद तथा बेपत्ता परिवारको रु. ४ लाख सम्मको साँवा र ब्याज दुवै मिनाहा ।

ग. सडक विस्तार र सहरी विकास

–  विगत तीन दशकदेखि कार्यान्वयन हुन नसकेका काठमाडौालगायत ठूला सहरहरूका सडक विस्तार अभियान सफलतापूर्वक अघि बढाइएको ।

–  देशैभर व्यवस्थित सहरी विकासका लागि छुट्टै सहरी विकास मन्त्रालयको स्थापना र काठमाडौा उपत्यकाको एकीकृत विकासका लागि काठमाडौा उपत्यका विकास प्राधिकरणको स्थापना ।

घ. रोजगार/स्वरोजगार कार्यक्रम

–  स्वरोजगार कोष स्थापना गरी युवा तथा साना उद्यमीहरूको स्वरोजगारका लागि विना धितो न्यून ब्याजदरमा रु. २ लाखसम्मको ऋण प्रवाह कार्यक्रम सञ्चालन ।

–  युवा तथा उद्यमीहरूका लागि नि.शुल्क व्यावसायिक तालिमको व्यवस्था ।

–  राज्यले सबै बेरोजगारहरूलाई वर्षमा न्यूनतम एक सय दिनको रोजगारी ग्यारेन्टी गर्ने र नसके बेरोजगार भत्ता दिने विधेयक मन्त्री परिषद्बाट पारित गरी सदनमा प्रस्तुत ।

ङ. सामाजिक सुरक्षा कार्यक्रममा विस्तार

–  लोपोन्मुख जातिका सबैलाई मासिक रु. १००० भत्ताको व्यवस्था

–  दलित, एकल महिला तथा कर्णाली अञ्चलका ६० वर्षमाथिका र अन्य क्षेत्रका ७० वर्षभन्दामाथिका सबै नागरिकलाई मासिक रु. ५०० भत्ता प्रदान गर्ने व्यवस्था ।

–  आंशिक अपाङ्गहरूलाई मासिक रु. ३०० र पूर्ण अपाङ्गहरू सबैलाई रु. १००० दिने व्यवस्था ।

च. लगानी बोर्डको गठन:

–  देशमा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गरी दुई अङ्कको आर्थिक वृद्घिदर हासिल गर्न प्रधानमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रका प्रतिनिधिहरू समेत रहेको लगानी बोर्डको गठन ।

छ. मुलुकका लागि उपयोगी राष्ट्रिय गौरवका योजनाहरूको पहिचान र विकास

–  साधन–स्रोतको कमी हुन नदिई र छिटो पूरा गर्ने नीति तय गरी मुलुकको तीव्र आर्थिका वृद्धिका लागि आवश्यक रणनीतिक महत्वका १७ वटा ठूला योजनाहरूको पहिचान र विकास कार्य सुरू । केही उदारणहरू :

–  सडक तथा रेल सेवा: मध्य पहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर–दक्षिण लोक मार्गहरू, काठमाडौं तराई फास्ट ट्रयाक र पूर्व पश्चिम रेलमार्ग

–  विमानस्थल: भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल

–  जलविद्युत योजना: बूढीगण्डकी र माथिल्लो तामाकोशी

–  सिंचाइ योजना: सिक्टा, भेरी–बबई, रानीजमरा सिंचाइ योजना

ज. गरिबी परिचय पत्र

–  मुलुकको गरिबीको रेखामुनि रहेका सबै घरपरिवारको पहिचान गरी उनीहरूलाई परिचय पत्र वितरण गर्ने र क्रमश: विविध सेवा सुविधा प्रदान गर्दै जाने अभियानको सुरुवात ।

झ. सुकुम्बासीलाई आवास व्यवस्था

–  वास्तविक सुकुम्बासीको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र पुनस्र्थापना  गर्ने नीतिअन्तर्गत काठमाडौाको बालाजु क्षेत्रमा आवास निर्माण ।

ञ. वैज्ञानिक भूमिसुधार कार्यक्रम

–  बृहत् शान्ति सम्झौतामा व्यवस्था भए अनुरूप उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोग गठन र त्यसको प्रतिवेदनलाई क्रमश: कार्यान्वयन गर्दै लैजाने प्रक्रियाको सुरुवात ।

ट. संस्थान निर्देशन बोर्डको गठन

–  सार्वजनिक संस्थानहरूको व्यवस्थापनलाई अवाञ्छित राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न, संस्थानका पदाधिकारीहरू पारदर्शिता र प्रतिस्पर्धाको आधारमा नियुक्त गर्न र संस्थानहरूलाई व्यावसायिक ढङ्गले सञ्चालन गर्न बोर्डको गठन ।

ठ. क्षेत्रीय र समानुपातिक विकास

–  पिछडिएको कर्णाली क्षेत्र र सुदूर–पश्चिम  क्षेत्रको एकीकृत र तीव्र विकासका लागि छुट्टाछुट्टै कर्णाली विकास आयोग र सुदूर–पश्चिम विकास आयोगको गठन ।

ड. खुला विश्वविद्यालय

–  औपचारिक शिक्षा र उच्च शिक्षाबाट वञ्चितहरूको सुविधाका लागि खुला विश्वविद्यालय स्थापना गर्न खुला विश्वविधालय पूर्वाधार विकास समिति गठन गरी कार्य प्रारम्भ ।

ढ. स्वास्थ्य सेवा विस्तार

–  दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तथा गठन आदेश स्वीकृत भई प्रतिष्ठानको स्थापना ।

ण. मुस्लिम आयोगको गठन

–  राष्ट्रिय मुस्लिम आयोगको गठन ।

त. खेलाडीलाई सम्मान

–  खेलाडीहरूलाई उत्कृष्टताका लागि प्रोत्साहित गर्न ओलम्पिक खेलकुदमा कास्यदेखि स्वर्ण पदक प्राप्त गर्नेलाई रु. २० लाखदेखि रु. १ करोडसम्म, एसियाली खेलकुदमा रु. ३ लाखदेखि रु. २५ लाखसम्म र दक्षिण एसियाली खेलकुदमा रु. १ लाखदेखि रु. ५ लाखसम्म नगद पुरस्कारको व्यवस्था ।

थ. जनतासँग सरकार

–  सर्वसाधारणको गुनासो, सुझाव प्राप्त गर्न र तिनको उचित सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय अन्तर्गत हेलो सरकार कक्षको सञ्चालन । सरकार र जनताबीच निरन्तर सीधा सम्पर्क बनाइराख्न जनतासँग प्रधानमन्त्री, जनताको घरदैलोमा प्रधानमन्त्री जस्ता कार्यक्रमहरूको सञ्चालन आदि ।

३. डा. बाबुराम भट्टराईको कार्यकालमा गोरखामा भएका प्रमुख कामहरू :

(क) सडकहरू निर्माण तथा स्तरोन्नति सम्बन्धित कार्यहरू

२ नं. निर्वाचन क्षेत्र

१. चोरकाटे – भच्चेक सडक (विचौरसम्म) ।

२. ११ किलो – छेपेटार – भालुश्वाँरा – बारपाक – लाप्राक – माछीखोला सडक ।

३. मध्य पहाडी लोकमार्गलाई गोरखाको मध्यभाग हुँदै जाने गरी मार्ग परिवर्तन ।

४. छेपेटार–पालुङटार सडकखण्डको कालोपत्र सुरु ।

५. तुरतुरे–ठाँटीपोखरी–आँपपिपल–हर्मी–चित्रे–थालाजुङ–भच्चेक सडकको स्तरोन्नति तथा कालोपत्र कार्य सुरू ।

६. तुरतुरे–पौवाटार–सेरा विर्दी–अँबुवा सडकको ट्रयाक खोल्ने तथा स्तरोन्तिको कार्य सुरु ।

७. चनौटे–भच्चेक सडक ।

८. मनकामना जाने (९ किलो – मनकामना) सडकको स्तरोन्नति ।

१ नं. निर्वाचन क्षेत्र

१. बेनीघाट–आरुघाट–लार्के सडक ।

२. ढुङ्गागाडे–बुङ्कोट–नाम्जुङ–फुजेल सडकखण्डको स्तरोन्नति ।

३. बेनीघाट–फुजेल–तिनमाने–लक्ष्मीबजार सडकखण्डको स्तरोन्नति ।

४. बेनीघाट–तिनमाने भञ्ज्याङ–हिलेपोखरी सडकखण्डको ट्रयाक खोल्ने काम ।

५. गोरखा बजारदेखि आरुघाटसम्मको कालोपत्रे कार्य सुरु ।

६. फिस्लिङ–देवीस्थान–वालकी हुँदै थुम्कासम्मको सडक निर्माण तथा स्तरोन्नति ।

७. गोरखा बजारदेखि गोरखा दरबार जोड्ने सडकको कालोपत्रे सुरुवात ।

८. नल्याङ भञ्ज्याङ–छेकम्पार–सिर्दिवास सडकखण्ड निर्माण कार्य सुरु ।

ख) अन्य आयोजनाहरू

१. पुलहरू सम्बन्धित कार्यहरू

–  ५ वटा पुलहरूको निर्माण कार्य सम्पन्न ।

–  १५ स्थानमा पुलहरूको निर्माण कार्य सुरु ।

२. खानेपानी सम्बन्धी कार्यहरू

–  गोरखाभित्रमा ६५ खानेपानी आयोजना सम्पन्न ।

३. सिंचाइ तथा नदी नियन्त्रणसम्बन्धी कार्यहरू

–  दरौंदी नदी नियन्त्रण तथा पालुङटार–च्याङ्लीटार सिंचाइ आयोजना अध्ययन सुरु ।

४. स्वास्थ्यसम्बन्धी कार्यहरू

–  थप १३ वटा उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति ।

–  जिल्ला अस्पताललाई ५० शय्यामा विकास ।

५. शिक्षासम्बन्धी कार्यहरू

–  गोरखा क्याम्पसमा महिला छात्रावास निर्माण ।

–  पालुङटारमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना ।

–  सयौा विद्यालयहरूमा सरकारका तर्फबाट प्रत्यक्ष अनुदान उपलब्ध गराइएको ।

६. पर्यटनसम्बन्धी कार्यहरू

–  मनकामनादेखि गोरखकालीसम्म पैदल मार्ग निर्माण ।

४. आगामी कार्य योजनाहरू

(क) क्षेत्रगत योजनाहरू

ऊर्जा

–  १२ सय मेगावाटको बुढीगण्डकी आयोजनालाई नेपालीकै स्वामित्व, श्रम र पुँजीबाट बनाइनेछ । जग्गा अधिग्रहण, पुनर्वास तथा पुनस्र्थापना कार्यलाई १ वर्षभित्र सम्पन्न गरिनेछ । प्रभावित जनतालाई दिइने विशेष सुविधाका सम्बन्धमा गोरखा तथा धादिङका मुआब्जा समितिले गरेका सिफारिसलाई मन्त्रिपरिषदबाट अनुमोदन गरिनेछ ।

–  बुढीगण्डकी, दरौंदी र चेपे नदीका विद्युत उत्पादन गर्न सकिने स्थानहरूको पहिचान गरी गोरखाली जनताको पुँजी (सेयर), श्रम र सीपबाट आयोजनाहरू विकास गरिनेछ ।  

–  गोरखा जिल्लाका सबै ठाउँमा फलामे पोल राखी सबै बस्तीमा २४ घण्टा बिजुली पुऱ्याइनेछ ।

कृषि तथा सिंचाइ

–  गोरखाका कृषियोग्य फाँटहरूमा खाद्यान्न बाली, पहाडी भूभागमा फलफूल, नगदे बाली तथा पशुपालन, हिमाली क्षेत्रमा पशुपालन, जडीबुटी खेतीको विस्तृत योजना बनाई विकासका कार्यक्रम अगाडि बढाइनेछ ।

–  जैविक खेती प्रणालीलाई प्रोत्साहन गरिनेछ ।

–  साना किसानहरूलाई सहकारीमा सङ्गठित गराएर व्यावसायिक खेती गर्ने व्यवस्था मिलाइनेछ । साथै, ५ वर्षभित्र कृषि तथा पशुपालन बीमा कार्यक्रम अन्तर्गत ल्याइनेछ ।

–  दरौंदी–पालुङटार सिंचाइ तथा नदी नियन्त्रण आयोजनालाई ५ वर्षभित्र सम्पन्न गरिनेछ ।

–  पालुङटार, गाईखुरटार, च्याङ्लीटार, महादेवटार, धुवाकोटार, छेपेटार, चोरकाटे टार जस्ता जिल्लामा रहेका ठूलाठुला टारहरूमा नहर सिंचाइ वा लिफ्ट इरिगेसन मार्फत आगामी ५ वर्षमा सिंचाइ सुविधा पुऱ्याइनेछ । अन्य फाँटहरू र खेती योग्य जग्गामा साना सिंचाई आयोजनाहरू मार्फत सिंचाइ हुने व्यवस्था गरिनेछ ।

सडक

–  पाँच वर्षभित्र बेनीघाट–आरुघाट–लार्के सडकलाई तिब्बतसँग जोडिनेछ ।

–  केन्द्रीय तथा क्षेत्रीय सडकहरूलाई ३ वर्षभित्र कालोपत्र गरिनेछ ।

–  ३ वर्षभित्र जिल्ला तथा स्थानीय स्तरका सडकहरूको स्तरोन्ति गरी वर्षैभरि सञ्चालन हुने अवस्थामा ल्याइनेछ ।

–  नगरपालिका र गाउँपालिकाका सबै वडालाई ३ वर्षभित्र मूल सडकसँग कालोपत्र सडकले जोडिनेछ ।

–  जिल्लाका मुख्य मुख्य धार्मिक स्थालहरूसम्म वर्षैभरि सञ्चालन हुने अवस्थामा २ वर्षभित्र सडक सुविधालाई पुयाउने ।

–  पालुङटारमा एउटा अन्तर्राष्ट्रिय स्तरको बसपार्क बनाइनेछ ।  

पुल

–  माथि उल्लेखित सडकहरू जाने ठाउँहरूमा पक्की पुलहरू बनाइनेछ ।

हवाइग्राउन्ड

–  गोरखाको उत्तरी भेग चुम–नुव्री, काठमाडौा, पोखरा, भरतपुर, मनाङ, मुस्ताङ जाने आउने गरी पालुङटार हवाइग्राउन्डलाई प्रयोगमा ल्याइनेछ ।

केवलकार

–  जिल्लाका विशेष महत्वका ४ वटा प्रमुख कोटहरू तथा २–३ वटा प्रमुख तीर्थस्थानहरूको पहिचान गरी ती स्थानहरूसम्म केवलकार लगिनेछ । 

पर्यटन

–  ‘सबै नेपाली कम्तीमा एक पटक गोरखा पुगौा’ नाराका साथ नेपाल राज्यको उद्गम थलो गोरखालाई ऐतिहासिक र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिनेछ । जिल्लाका ऐतिहासिक, धार्मिक तथा हिमाली पर्यटन विकासमा युद्धस्तरमा जोड दिइनेछ ।

–  मनास्लु, चुम भ्याली जस्ता पर्यटकीय रूपमा आकर्षक स्थानहरूको पहिचान गरी ‘पर्यटकीय पदमार्ग’को निर्माण गरिनेछ ।

–  चेपे, मस्र्याङ्दी,  दरौंदी, बुढीगण्डकी नदीहरू तथा अन्य खोला किनार र मनोरम कोटहरूमा मनोरञ्जन स्थल तथा रिसोर्टहरू बनाउन सकिने स्थानहरूको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि आकर्षक गन्तव्यका रूपमा विकास गरिनेछ ।

खानेपानी

–  आगामी ५० वर्षलाई पुग्नेगरी प्रत्येक घरपरिवारले गुणस्तरीय पिउने पानी पुग्ने व्यवस्था गरिनेछ ।

विशेष औद्योगिक क्षेत्र

–  च्याङ्लीटारमा आधुनिक सेवा–सुविधासम्पन्न ‘विशेष औद्योगिक क्षेत्र’ निर्माण गरिनेछ र स्वदेशी तथा विदेशी लगानी आकर्षण गरिनेछ ।

–  जिल्लाको कम्तीमा ७ स्थानहरूलाई मध्यम तथा साना विशेष औद्योगिक क्षेत्रको रूपमा विकास गरिनेछ । जस्तै:

य  कृषिजन्य उद्योगहरू : दुग्धजन्य, मासुजन्य, फलफूलको जुस, तेल, अदुवा–बेसारजस्ता

य  वनपैदावार जन्य : फर्निचर, जडीबुटी प्रशोधन तथा आयुर्वेदिक औषधि उत्पादन

य  उपभोगजन्य : साबुन, मञ्जन, बिस्कुट, चाउचाउ, दालमोढ, पोटेटो चिप्स आदि ।

य  धातुजन्य : ग्रिल, कृषि औजार, पाइप, भाडाकुडा आदि

य  कपडाजन्य : गार्मेन्ट, पस्मिना उद्योगहरू आदि

य  कलकारखाना : टर्वाइन, जेनरेटर, ह्युम पाइप, ट्रसका सामग्री आदि ।

य  नगदे बाली, मैदा, गेडागुडीको प्याकेजिङ, चिनी उद्योग आदि ।

अन्य पूर्वाधारहरू

–  नगरपालिका र गाउँपालिकाका हरेक वार्डमा एक प्राकृतिक प्रकोप उद्धार स्थल राखिनेछ ।

–  हरेक नगरपालिकामा ४ वटा एम्बुलेन्स र १ दमकल रहनेछन् तथा गाउँपालिकामा १ एम्बुलेन्स रहने व्यवस्था मिलाइनेछ ।

–  प्रत्येक नगरपालिकामा १,००० जना र गाउँपालिकामा २०० जना अट्ने सभाहल बनाइनेछ ।

नदी कोरिडोरको विकास

–  बुढीगण्डकी र मस्र्याङ्दी कोरिडोरलाई एकीकृत विकास आयोजना मार्फत ‘इकोनोमिक हब’को रूपमा विकास गरिनेछ ।

शिक्षा

–  गोरखा जिल्लामा अन्तर्राष्ट्रिय स्तरका एउटा नेपाल टेक्निकल इन्स्टिच्युटको स्थापना गरिनेछ ।

–  जिल्लाको ३ ठाउँमा (उत्तरी, पूर्वी र पश्चिमी भेगमा) राष्ट्रिय स्तरका एक एक रोजगारमूलक व्यावसायिक तालिमका लागि सीटीईभीटी जस्ता इन्स्टिच्युटको स्थापना गरिनेछ ।

स्वास्थ्य

–  आँपपिपल र गोरखा अस्पताललाई १०० शय्याका बनाइनेछ । साथै जिल्लाको उत्तरी र पूर्वी भेगमा ५० शय्याका अस्पताल बनाइनेछ ।

–  गाउँपालिकामा ५ बेड रहने गरी स्वास्थ्य केन्द्रहरू राखिनेछन् ।

–  मध्यपहाडी लोकमार्गको नजिक रहने गरी एक राष्ट्रिय स्तरको ‘राजमार्ग अस्पताल’ बनाइनेछ ।

असहाय सहयोग संस्था

–  जिल्लाको ३ ठाउामा (उत्तरी, पूर्वी र पश्चिमी भेगमा) वृद्घवृद्घाहरूको लागि आधुनिक सेवा–सुविधासम्पन्न वृद्घाश्रम निर्माण गरिनेछ ।

–  अपाङ्ग र असहाय बालबालिकाका लागि जिल्लामा एक सुविधासम्पन्न बालगृह निर्माण गरिनेछ ।

खेलकुद

–  छेपेटारमा राष्ट्रिय स्तरको एक रङ्गशाला निर्माण गरिनेछ ।

कला, सहित्य र संस्कृति

–  आदिवासी जनजाति, खस–आर्य लगायत सबै समुदायको कला सहित्य र संस्कृतिको विकासका लागि जिल्लामा एउटा प्रतिष्ठान खोलिनेछ ।

–  चेपाङ, दराई, कुमाल, बराम, भोटेलामा लगायतका सीमान्तकृत र लोपोन्मुख समुदायहरूको कलासंस्कृति र साहित्यको संरक्षण र संवद्र्धन गर्न एक सङ्ग्रहालय निर्माण गरिनेछ ।

ख) भूकम्पपछिको पुनर्निर्माण सम्बन्धित विशेष योजना

१)   २०७२ साल वैशाखमा गएको भूकम्प पीडितका लागि विशेष योजना मार्फत एक वर्षभित्र क्षतिग्रस्त बस्तीहरू तथा सार्वजनिक भवनहरूको पुनर्निर्माण गरिसक्ने व्यवस्था गरिनेछ । राज्यको तर्फबाट पीडित परिवारलाई एकमुष्ट रु ५ लाख तत्काल अनुदान दिने व्यवस्था गरिनेछ ।

२) कम व्याजदरमा ऋण तथा कर छुट दिएर भूकम्प पीडितहरूलाई उद्यम, व्यवसाय गर्न सरकारद्वारा सहयोग गर्ने व्यवस्था गरिनेछ ।

३)  गोरखा भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा अन्तर्राष्ट्रिय स्तरको भूकम्प स्मृति स्तम्भ निर्माण गरिनेछ ।

ग) रोजगारीमूलक विशेष कार्यक्रम

१) गोरखा युवा रोजगार कोषको स्थापना गरिनेछ । यस मार्फत पर्यटक गाइड तथा होमस्टे कार्यक्रमहरू सञ्चालन, काष्ठ तथा फर्निचर, टेक्सटाइल (साना तथा मझौला), इलेक्ट्रिकल–मेकानिकल सामग्री, कृषि तथा पशुपालन, वागवानी, सिमेन्ट, इट्टा, साबुन, डिटर्जेन्ट, होटल, पार्टी प्यालेस, पेट्रोल पम्प स्थापना तथा सञ्चालन जस्ता विषयहरूमा रोजगारी एवं उत्पादनमूलक विषयगत तालिमको व्यवस्था गरिनेछ ।

२) वैदेशिक रोजगारीबाट फर्किएर आएका र जलविद्युत, उद्योग, कृषि क्षेत्रमा लगानी गर्न चाहने युवाहरूलाई उनीहरूले सिर्जना गर्ने रोजगारी सङ्ख्याका आधारमा आर्थिक सहयोग गर्ने नीति हुनेछ । वैदेशिक रोजगारमा गएका युवाहरूको व्यक्तिगत सुरक्षा, उनीहरूले कमाएको पुँजी जलविद्युत, उद्योगधन्दा जस्ता योजनामा सेयर लगानी गर्न पाउने व्यवस्था गरिनेछ ।

५. हाम्रो अपिल

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,

लोकतन्त्रमा निर्वाचन निकै महत्वपूर्ण प्रक्रिया हो । अबको निर्वाचनको परिणामले देश यथास्थितिमै रहने वा नयाँ युगमा प्रवेश गर्ने भन्ने कुराको निक्र्यौल गर्नेछ । त्यसैले सार्वभौम मतदाताहरूको विवेकको समुचित प्रयोग नयाँ युगको पक्षमा हुन जरुरी छ । गोरखा जिल्लाको भविष्य पनि यस निर्वाचनको परिणामसित गहिरो रूपले जोडिएको छ ।

गोरखाली जनताले डा. बाबुराम भट्टराईप्रति दर्शाएको अगाध विश्वास र अपार स्नेहप्रति हामी नतमस्तक छौा । त्यही विश्वास र स्नेह नै हाम्रा प्रेरणाका स्रोत र ऊर्जा हुन् । जस्तोसुकै कठिन घडीमा पनि हामी आÏनो कर्तव्य भुल्ने छैनौा । विगतमा भएका विकास निर्माणका कार्यहरूलाई पूर्णता दिन र नयाँ योजनाहरू कार्यान्वयन गर्न यहाँहरूको साथ सदाझौ प्राप्त हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ ।

नयाँ शक्ति पार्टी, नेपाल आगामी मङ्सिर १० गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबै मतदातालाई उत्साहपूर्वक र भद्र रूपमा सामेल हुन हार्दिक आह्वान गर्दछ । हामी राष्ट्रिय एकता, भ्रष्टाचारमुक्त समाज र सुशासन कायम गर्दै हाम्रै जीवनकालमा विकसित र समृद्ध नेपाल निर्माण गर्न चाहन्छौा । तसर्थ, सङ्घीय र प्रादेशिक दुवै तहका निर्वाचनमा हाम्रा पार्टीका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई “आँखा” चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन हुन हार्दिक अनुरोध गर्दछौा ।

समृद्धि सम्भव छ हाम्रै पालामा, अरू गर्छन् कुरा, हामी गर्छौं पूरा ।        धन्यवाद ।

हाम्रा नाराहरू

१. अबको निकास, आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा ।

२. सबैका लागि समृद्धि, सबैलाई सम्मान, राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान ।

३. राजनीतिक स्थिरताको मूल आधार, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय सरकार ।

४. नयाँ शक्तिको मूल मन्त्र, समावेशी समानुपातिक लोकतन्त्र ।

५. नयाँ शक्तिको एउटै लक्ष्य, कालो धन र भ्रष्टाचारको अन्त्य ।

६. हिमाल, पहाड, तराई–मधेस, इन्द्रेणी नेपाली राष्ट्रियताको सन्देश ।

७. घर–घरमा नयाँ शक्ति, गाउँ–टोलमा विकास समृद्धि ।

८. अरूले गर्छन् कुरा,  हामी गर्छौं पूरा ।

९. पुराना शक्तिलाई हेऱ्यौा पटक–पटक, नयाँ शक्तिलाई हेरौा यसपटक ।

१०. अब आँखा खोलौा, आँखा चिन्हमा मतदान गरौा ।

याे पनि पढ्नुहाेस्

मोरङ ६ का उम्मेदवार डा. शेखर कोइरालाको यस्तो छ घोषणापत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप