शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेसले घोषणा गर्‍यो ‘सिटी आयो लखपति बनायो’ का पाँच विजेता

बिहीबार, ०२ मङ्सिर २०७८, २० : १९
बिहीबार, ०२ मङ्सिर २०७८

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । एक्सप्रेसले कार्तिक महिनाको विजेताको नाम घोषणा गरेको हो ।

योजना अन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन् ।

सिटी एक्सप्रेसले दशैं र तिहार तथा छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई १० हजार उपहार प्रदान गरेको छ ।

साथै हरेक महिना ५ जनालाई एक÷एक लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सफल भएका छन् । कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि  कार्तिक ३० गतेसम्म चलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप