भारत : बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
शनिबार, ०५ जेठ २०८१, १२ : ३९
हरियाणा । हरियाणाको नुहमा शनिबार बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ८ जनाको घटनास्थल र दुई जनाको अस्पतालमा मृत्यु भएको हो । यस दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले बसमा आगलागी हुँदा हाताहाती भएको जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर यो दुर्घटना भएको हो ।
बसमा करिब ६० जना सवार थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दुर्घटनामा घाइते भएकी महिला मीना रानीले एएनआईलाई भनिन्, ‘दुर्घटनापछि चालक भागे । गाउँले हामीलाई बचाए। गाउँलेहरूले सिसा फुटाएर बचाएका थिए ।’ नुहका विधायक अफताब अहमदले समाचार एजेन्सी एएनआईलाई भने, ‘यो दुखद घटना हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण