राजनीति
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख
शनिबार, ०५ जेठ २०८१, १३ : १८
काठमाडौँ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् । शनिवार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीसँग सभामुखको छलफल रहेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीले छलफलका लागि बालुवाटारमा बोलाएकोले देउवासँग पनि छलफल हुनसक्ने अधिकारीले बताए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । शुक्रबारका लागि बोलाइएको बैठक पनि दलहरूबिच सहमति जुट्न नसक्दा आइतबार बिहान ११ बजेका लागि सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण