चिप्स खाने च्यालेन्जमा किशोरको मृत्यु

न्यूयोर्क । सामाजिक सञ्जालहरूमा पछिल्लो समय अनेकौं च्यालेन्ज देख्न पाइन्छ । लाइभमा बसेर ठुलो परिमाणमा खानेकुराहरू खाने मुकाबाङ च्यालेन्ज त हामीले देखिरहेका छौँ ।
अमेरिकामा पिरो चिप खाने च्यालेञ्जमा एक १४ वर्षिय किशोरको मृत्यु भएको छ । किशोरले खाएको चिप्समा मसला निकै धेरै थियो भने खुर्सानी पनि धेरै नै थियो । पिरो खुर्सानी खाएर कसैको मृत्यु कसरी हुन सक्छ ? भनेर तपाई सोचिरहनु भएको होला ।
किशोरको पोष्टमर्टम रिपोर्टका अनुसार चिप्समा उच्च मात्रामा खुर्सानी थियो । किशोर जन्मजात नै मुटुसम्बन्धी रोगले पीडित थिए । किशोर ह्यारिस वोलोभा भएको बताइएको छ । उनी अमेरिकाको म्यासाचुसेट्समा बस्थे । किशोरको मृत्यु सन् २०२३ को सेप्टेम्बरमा भएको हो । उनले पाकुई चिप्स खाएका थिए । चिप्स निर्माता कम्पनीले वन चिप च्यालेन्ज सुरु गरेको थियो ।
यसमा ह्यारिस पनि सहभागी भएका थिए । पोष्टमर्टमका अनुसार ह्यारिसको मृत्यु क्याप्साइसिन कन्सन्ट्रेशन धेरै भएको खानेकुरा खाएपछि कार्डियोपल्मनरी अरेष्टका कारण भएको हो । क्याप्साइसिनले खुर्सानीको पिरोपन झनै बढाइदिन्छ । यसले शरीरमा रगतको बहावलाई प्रभावित बनाउँछ । मुटुको धड्कन तीव्र हुन्छ । धेरै मात्रामा क्याप्साइसिन खाँदा मुटुमा दबाब बढ्छ, जसका कारण धमनीमा अतिरिक्त दबाब पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित