चिप्स खाने च्यालेन्जमा किशोरको मृत्यु
न्यूयोर्क । सामाजिक सञ्जालहरूमा पछिल्लो समय अनेकौं च्यालेन्ज देख्न पाइन्छ । लाइभमा बसेर ठुलो परिमाणमा खानेकुराहरू खाने मुकाबाङ च्यालेन्ज त हामीले देखिरहेका छौँ ।
अमेरिकामा पिरो चिप खाने च्यालेञ्जमा एक १४ वर्षिय किशोरको मृत्यु भएको छ । किशोरले खाएको चिप्समा मसला निकै धेरै थियो भने खुर्सानी पनि धेरै नै थियो । पिरो खुर्सानी खाएर कसैको मृत्यु कसरी हुन सक्छ ? भनेर तपाई सोचिरहनु भएको होला ।
किशोरको पोष्टमर्टम रिपोर्टका अनुसार चिप्समा उच्च मात्रामा खुर्सानी थियो । किशोर जन्मजात नै मुटुसम्बन्धी रोगले पीडित थिए । किशोर ह्यारिस वोलोभा भएको बताइएको छ । उनी अमेरिकाको म्यासाचुसेट्समा बस्थे । किशोरको मृत्यु सन् २०२३ को सेप्टेम्बरमा भएको हो । उनले पाकुई चिप्स खाएका थिए । चिप्स निर्माता कम्पनीले वन चिप च्यालेन्ज सुरु गरेको थियो ।
यसमा ह्यारिस पनि सहभागी भएका थिए । पोष्टमर्टमका अनुसार ह्यारिसको मृत्यु क्याप्साइसिन कन्सन्ट्रेशन धेरै भएको खानेकुरा खाएपछि कार्डियोपल्मनरी अरेष्टका कारण भएको हो । क्याप्साइसिनले खुर्सानीको पिरोपन झनै बढाइदिन्छ । यसले शरीरमा रगतको बहावलाई प्रभावित बनाउँछ । मुटुको धड्कन तीव्र हुन्छ । धेरै मात्रामा क्याप्साइसिन खाँदा मुटुमा दबाब बढ्छ, जसका कारण धमनीमा अतिरिक्त दबाब पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण