शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा दुई जनाको मृत्यु

आइतबार, ०५ मङ्सिर २०७८, १४ : १७
आइतबार, ०५ मङ्सिर २०७८

कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् भने विजय नगरमा एक बालिकाको  डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाराजगन्ज नगरपालिका–१ बस्ने २० वर्षीय राममिलन मुराउ बुद्धभूमि नगरपालिका–७ मानपुरस्थित माछा पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । महाराजगन्ज नगरपालिका–७ माझीहवा घाटमा  मेला हेर्न गएका उनी घर नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको  प्रहरीले जनाएको छ ।

यस्तै विजयनगर गाउँपालिका–२ उठवास्थित मामाघरमा आएकी भारत सिद्धार्थनगर बढनी बर्गदवा घर भएका दिनेश तेलीकी छोरी २ वर्षीया आन्सिका तेलीको सार्वजनिक इनारमा डुबेर  मृत्यु भएको  प्रहरीले जनाएको छ । प्रहरी दुवै घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप