ट्री अफ द इयर नेपाल २०२१ घोषणा, विवेक श्रेष्ठ बने विजेता
ट्री अफ द इयर नेपाल–२०२१ को विजेता घोषणा भएको छ । हालैमात्र राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित फोटोग्राफी तथा कथा कथन प्रदर्शनीको बिजेता बन्दै विवेक श्रेष्ठले ट्री अफ द इयर नेपाल २०२१ को उपमा हात पारेका हुन् ।
श्रेष्ठले विजेताको पदवीसहित नगद ५० हजार रुपैयाँ हात पारेका छन् । यस्तै, फष्ट रनरअप अर्थात् दोस्रो हुँदै तृप्ति तामाङ पाख्रिनले नगद ३० हजार रुपैयाँ हात पारेकी छन् भने विप्लव रेग्मीले सेकेन्ड रनरअप हुँदै नगद २० हजार रुपैयाँ पाएका छन् ।
राष्ट्रियस्तरको यस प्रतियोगिता एसियन ट्री अफ द इयरसँग सम्बन्धित रहेको छ । आदिवासी जनजाति समुदायसँग सम्बन्धित विशेष महत्व बोकेको प्राचिन रुखहरूको पहिचान र संरक्षणका लागि यसखालको कार्यक्रम सञ्चालन गरिएको आयोजक आइएसले जनाएको छ ।
विजेता श्रेष्ठले जनकपुरधामस्थित धनुषाधाम मन्दिरको पिपलको रुख फोटोमा उतारेका थिए । श्रेष्ठले अब एसियन ट्री अफ द इयरमा सहभागी जनाउँदैछन् । यस प्रतियोगिता दक्षिण एसियाली मुलुक सिङ्गापुर, श्रीलंका, मलेसिया, भारत र नेपाल गरी पाँच देशमा सञ्चालन भइरहेको छ ।
महादेशीय प्रतियोगिता कार्बन कन्सल्टिङ कम्पनी (सीसीसी) ले आयोजना गरेको हो । उक्त प्रतियोगिता युयन भल्युन्त्यर्स नेपाल (युएनभी नेपाल) को सहकार्यमा क्रिएसन नेपालले राष्ट्रव्यापी रुपमा आयोजना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा
-
नेविसंघको नारा : चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको (तस्बिरहरु)
-
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या
-
बारले उठायो सर्वोच्चको न्यायाधीश नियुक्ति र प्रधानन्यायाधीशको संवैधानिक परिषद्मा सहभागितामा प्रश्न
-
चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु
-
अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ