बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सामसुङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना ग्राहकहरू बने भाग्यशाली विजेता

बुधबार, ०८ मङ्सिर २०७८, १९ : ०४
बुधबार, ०८ मङ्सिर २०७८

सामसुङ मोबाइलको विन्टर स्किमको तेस्रो लक्की ड्र सम्पन्न भएको छ । बुधबार राजधानीमा सम्पन्न लक्की ड्र मार्फत २१ भाग्यशाली ग्राहक छानिएका छन् । 

विजेता ग्राहकहरूले जनही ५ ग्रामको सुन हात पारेका छन् ।  सामसुङले ग्राहकहरूलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्नु हुने ग्राहकहरूले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप