अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय
अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईले रातोपाटीलाई बताए ।
दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । सो भेरियन्टको रोकथामका लागी आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको छ । अफ्रिकाबाट आउने नेपाली पासपोर्ट बाहक र डिप्लोम्याटहरुलाई स्वास्थ्य मापदण्डअनुसार होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ ।
हवाई मार्ग बाहेक अफ्रिकन मुलका नागरिकलाई स्थलमार्गबाट समेत प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको अध्यागमन विभागका महानिर्देशक भट्टराईले बताए । उनले भने–‘नेपाली पासपोर्ट बाहक, राजदूत र उनीहरुका परिवार बाहेक अरुलाई प्रवेश अनुमति नदिन सर्कुलर गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार