आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा काँग्रेस अधिवेशन : सकियो मतदान, आजै मतगणना हुने

शनिबार, १८ मङ्सिर २०७८, १८ : ५५
शनिबार, १८ मङ्सिर २०७८

गण्डकी प्रदेशमा नेपाली काँग्रेस अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान सुरु भएको मतदान साँझ सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

गण्डकीमा काँग्रेसका एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेदवार छन् । 

युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदाता भएको जिल्ला कास्कीका हुन् । कास्कीमा तीन निर्वाचन क्षेत्र छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप