
बारामा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा आमा–छोरा पक्राउ
बाराको आदर्श कोतवल गाउँपालिका–७ मा ९ वर्षीया बालिका रुपमाला कुमारी शाहको बलात्कारपछि हत्या भएको छ । पुस २५ मा बाख्रा चराउन गएको बेला स्थानिय सन्तोष शाह कानुले बलात्कारपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
हत्या आरोपमा आदर्शकोतवाल गाउँपालिका–८ घर भएका २० वर्षीय सन्तोष शाह कानु र उनकी आमा ४० वर्षीय शान्तिदेवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) राजेश थापाले रातोपाटीलाई बताए । उनले भने– ‘आरोपीले आफ्नो कुखुरा फर्ममा बोलाएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।’
आफुसँगै बाख्रा चराउन गएकाहरुले खानेपानी ल्याउन आग्रह गरेपछि रुपमाला बिन्देश्वर शाह कानुले सञ्चालन गरेको कुखुरा फर्मतर्फ पानि लिन गएकी थिइन् । फर्ममा एक्लै बसिरहेका बिन्देश्वरका छोरा सन्तोषले पानी लिएर फर्किँदा कुरेर फर्मभित्र बलात्कारपछि बालिकाको घाँटी कसेर तथा टाउकोमा फरुवाले टाउकोमा हिर्काएर हत्या गरेका थिए । हत्यापछि सोही रात उनले नजिकैको खोलामा शव व्यवस्थापन गरेका थिए ।
आरोपी सन्तोषको आमाले कुखुरा फर्मको दशी, प्रमाण लुकाएको आरोपमा पक्राउ गरिएको डिएसपी थापाले रातोपाटीलाई बताए
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ