आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य

शुक्रबार, २७ फागुन २०७८, १६ : ४९
शुक्रबार, २७ फागुन २०७८

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य भएको छ । बैंकले मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङ्गमा नेपालपे क्युआर समायोजन गरेको हो । सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्युआरबाट डिजिटल भुक्तानी गर्न सक्छन् । 

बैंकले नेपालपे क्युआरमा आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने अपेक्षा बैंकले गरेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा ए.टि.एम.संचालनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप